सर्लाही— जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र खड्काबीचको फोन संवादको अडियो सार्वजनिक भएपछि विवाद चुलिएको छ। अडियोमा नेता यादवले एसपीलाई कडा शब्दमा गालीगलौज गर्दै प्रहरी प्रशासनमाथि भ्रष्टाचारको आरोप लगाएका छन्।
पूर्वाधार कार्यालय र सरकारी कर्मचारीको कमिसन प्रकरणलाई लिएर यादवले प्रहरी प्रशासनलाई संरक्षणको दोष लगाएका हुन्। उनले एसपी खड्कालाई 'मधेश लुट्न आएको' आरोप लगाएका छन्।
यता, प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ। सर्लाही प्रहरीका डीएसपी सरोज राईका अनुसार यादवको खोजी जारी छ। पक्राउ गर्न गएको टोलीमाथि गाउँलेहरूले अवरोध गर्दा प्रहरी फिर्ता हुनुपरेको र गाडीमा तोडफोड भएको जनाइएको छ।
नेता यादवले भने आफू जनकपुरमा रहेको र फोनमार्फत मात्र संवाद भएको दाबी गर्दै प्रहरीले घरमा गएर परिवारलाई दुःख दिएको आरोप लगाएका छन्।