रामेछाप— जिल्लाको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले २७ वर्षीया एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन्।
प्रहरीका अनुसार रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन्। सडक अबरुद्ध भएकाले उनलाई हेलिकप्टरमार्फत काठमाडौंको केएमसी अस्पताल पुर्याइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
घटनापछि फरार रहेका रजिनलाई प्रहरीले उमाकुण्डकै भुजी क्षेत्रबाट पक्राउ गरेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले बताएका छन्।
                    
                                        
                                                                                                
        








        




























