काठमाडौं — एक ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा नेपाली सेनाका हवल्दार दिपक राउत पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ३७ वर्षीय राउतलाई बुधबार राति नागार्जुनको तल्लो टौखेलबाट पक्राउ गरिएको हो। उनी भक्तपुर चाँगुनारायणका स्थायी बासिन्दा हुन् र हाल कपिलवस्तुको गोरुसिंगेमा रहेको शमशेर दल गणमा कार्यरत छन्।
प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा राउतलाई पक्राउ गरिएको जानकारी दिए।
हाल राउतविरुद्ध अनुसन्धान अगाडि बढाइएको प्रहरी परिसरले जनाएको छ।
                    
                                        
                                                                                                
        








        




























