काठमाडौं — गौशाला नगरपालिका–४, रजखोरमा छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
३० वर्षीय सुरेन्द्र साहले असार २६ गते ५० वर्षीय बलिराम साहलाई पेट्रोल छर्की आगो लगाएको आरोप लागेपछि प्रहरीले उनलाई भारतको मधुवनीबाट बिहीबार दिउँसो पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, घटनापछि फरार रहेका सुरेन्द्रलाई अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ गरिएको हो।
घटनामा गम्भीर घाइते भएका बलिराम साहलाई सुरुमा नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो। तर बुधबार उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
                    
                                        
                                                                                                
        








        




























