सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–८ बाट अवैध हातहतियार र लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्थानीय २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, विधानको घरमा राति तलासी गर्दा चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान, ८६० ट्याब्लेट ट्रामाडोल र ४०० ट्याब्लेट नाइट्राजेपाम फेला परेको हो।

प्रहरीले बरामद सामग्रीसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।