सुनसरी– सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
साउन २ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ स्थित चेकजाँचका क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको हो।
यसैगरी, धरान–१३ स्थित अस्थायी प्रहरी चौकी अमरहाट धरानले मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजासहित पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।