बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, जानकी टोलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उपमहानगरपालिका–१ का ३० वर्षीय सुसन खाती सुनारसहित ९ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूबाट नगद १ लाख ५४ हजार ६८० रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ।

यस घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।