काठमाडौं — नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आजदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। पार्टी विधानका विषयमा केन्द्रित बैठकमा सञ्चारकर्मीहरूको पहुँचमा कडाइ गरिएको छ।

सुरक्षाका कारण देखाउँदै पार्टीले फोटो पत्रकारसहित सञ्चारकर्मीहरूलाई बैठकस्थल परिसरमा प्रवेश गर्नमा रोक लगाएको छ । अघिल्ला बैठकहरूमा पत्रकारहरूलाई कम्तीमा बैठक हल बाहिर फोटो तथा भिडियो लिन दिइने गरिएको थियो। तर, यसपटक उनीहरूलाई कार्यालय गेटबाहिरै, सडकमै रोकिएको हो ।

केन्द्रीय सदस्यहरूलाई मात्र बैठकस्थलमा प्रवेश दिइएको छ। सञ्चारकर्मीहरूले भने प्रेस स्वतन्त्रतामाथि यस्तो अवरोध अस्वाभाविक भएको टिप्पणी गरेका छन्।