कैलाली— कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–४, मौरनियाका ५० वर्षीय रामकृष्ण चौधरी छन् ।

१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।