सुर्खेत— जिल्लामा जिपको ठक्कबाट एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिक कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको जिप ठक्करबाट रोकिराखेको भे १ क १३४७ नम्बरको मिनिट्रकबाट घाँस झार्दै गरेका सोही ठाउँका अन्दाजी ३५ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो ।
गाडीको ठक्कबाट पेट र टाउकोमा गम्भीर चोट लागी घाइते भएका बुढाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार उक्त जिपको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया तिलकुमारी बुढा घाइते भएकी छन् ।