विराटनगर— झापा र सुनसरी जिल्लाबाट लागू औषध सहित ७ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाको आधारमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

साउन ६ गते, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–७ स्थितबाट ३० वर्षीय सुनिल चापागाईं, नुवाकोट तादीका ३० वर्षीय मन कुमार दर्जी र उनकी २६ वर्षीया श्रीमती शशी खत्रीलाई ३७ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यसैगरी, अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान–१३ की २८ वर्षीया पुष्पा राईलाई ५८० मिलिग्राम ब्राउन सुगरसहित उनकै कोठाबाट नियन्त्रणमा लिएको छ।

धरान–१७ बाट भने अस्थायी प्रहरी चौकी रेल्वेले ट्रामाडोलका १,८७३ क्याप्सुल र डिकोलिकका १,८३४ ट्याब्लेटसहित २७ वर्षीय अन्जान विश्वकर्मालाई पक्राउ गरेको छ।

पक्राउ परेका सबै विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।