मोरङ— मोरङको लेटाङ नगरपालिका–५ स्थित मदन भण्डारी लोकमार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

साउन ६ गते दिउँसो परीक्षणको क्रममा रहेको 'अन टेस्ट' सिटि सफारी अचानक अनियन्त्रित भई दुर्घटनामा परेको हो। उक्त सवारीमा सवार लेटाङ–४ निवासी ३९ वर्षीय चालक भिषण राई, ३२ वर्षीय जनम तामाङ, सुनसरी बराहक्षेत्रका २२ वर्षीय सन्देश राई र ३० वर्षीय क्षितिज राई घाइते भएका थिए।

घाइतेहरूलाई तत्काल उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होममा लगिएकोमा जनम तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल सिटि सफारीका चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।