मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार–व्यवसायमा प्रगति हुने छ । जग्गा कारोबार लाभदायक रहनेछ । सामाजिक सम्मान र जागिरमा प्रशंसा प्राप्त हुने सम्भावना छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ लगानी लाभदायक नहुन सक्छ । खर्च वृद्धि र थकानको अनुभव हुनेछ । यात्राबाट अपेक्षित परिणाम नआउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उत्साहमा कमी रहनेछ । अरूको लागि गरिएको कामबाट लाभ कम हुनेछ । बोलिचालिमा संयमता आवश्यक छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विगतको प्रयासबाट लाभ मिल्नेछ । थोरै प्रयासले पनि ठूलो उपलब्धि सम्भव छ । कार्यद्वारा अरूलाई पनि फाइदा पुग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कडा मिहिनेतपछि सफलता मिल्नेछ । दीर्घकालीन योजना कार्यान्वयनको समय हो । धैर्यपूर्वक काम गर्नु हितकर हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य सम्बन्धमा समृद्धि आउनेछ । आम्दानीमा वृद्धि हुनेछ । यात्रा र धार्मिक क्रियाकलापमा सहभागी हुने सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक–सामाजिक कार्यमा संलग्नता देखिन्छ । कृषिकर्म र बन्दव्यापारबाट आय सम्भव छ । उत्साहमा कमी देखिन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक लाभ मिल्नेछ । रोकिएको रकम फिर्ता हुने संकेत छ । पढाइमा प्रगति र नयाँ कार्यको अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवादमा सफलता मिल्न सक्छ । कार्यक्षेत्रमा असहमतिका अवस्था आउन सक्छन् । यात्राको सम्भावना र स्वास्थ्य सुदृढ रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा चुनौती देखिन्छ । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । साथीभाइसँगको भेटघाट सुखद् हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानसिक तनाव बढ्न सक्छ । योजना अनुसार काम नगरी नुकसानको सम्भावना रहन्छ । अनावश्यक खर्चमा नियन्त्रण आवश्यक छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य सबल रहनेछ । अध्ययन, प्रतियोगिता र व्यवसायमा सफलता मिल्नेछ । पारिवारिक सहयोग र धार्मिक यात्रा फलदायी रहनेछ ।