कैलाली— १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगर रहेका छन्।
उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






































