कञ्चनपुर — जिल्लाको बेलौरी नगरपालिकामा एक महिलाको शव फेला परेको छ। बिहीबार बिहान बेलौरी नगरपालिका–७ र ८ को सीमानामा पर्ने खप्टीनाला नजिक ४२ वर्षीया बिन्दु चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मृतक चौधरी बेलौरी नगरपालिका–८ की बासिन्दा हुन्। प्रहरीका अनुसार उनी केही समयदेखि अस्वस्थ थिइन् र आफैंसँग बोल्ने जस्ता लक्षण देखिन थालेपछि परिवारले एक साताअघि झारफुकका लागि उनलाई बुटाबारीमा बसोबास गरिरहेकी फुपुकोमा पठाएका थिए।
चौधरी हिजो मात्रै फुपुको घरबाट फर्किएकी थिइन्। बेलौरी बजारमा ओर्लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। परिवारले खोजतलास गर्दा शुक्रबार बिहान उनको शव फेला परेको हो।
हाल शवलाई पोष्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकीमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






































