काठमाण्डौ  । मौसम पूर्वानुमान महाशाखाका अनुसार  अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको केहि स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।