काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशको तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशको पहाडी भूभागको केहि स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मधेस प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू तथा तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।