काठमाडौं— गुण्डा नाइके भनेर चिनिएका राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खाली पक्राउ परेका छन् ।
१० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको घटनामा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार अपरान्ह चन्द्रागिरि नगरपालिका–१३ बाट नियन्त्रणमा लिएको हो ।
विभिन्न घटनामा पक्राउ पर्दै छुट्दै आएका गोर्खाली विगतमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद भुक्तान गरेर छुटेका थिए ।
उनी २०७९ मा प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका थिए ।
पछिल्लो समय गोर्खालीले ठेक्कापट्टा गर्दै आएका छन् ।