चितवन— चितवनको भरतपुरमा १७ हजार ४०० थान ट्रामाडोल क्याप्सुलसहित सात युवक पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका–९ स्थित केन्द्रीय बस टर्मिनल नजिकैको एक होटलबाट उनीहरूलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका युवकहरू होटलमा बसेर अवैध रूपमा लागुऔषध ट्रामाडोल बिक्री वितरण गरिरहेको अवस्थामा फेला परेका कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले बताए ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाका एक युवकसमेत रहेका छन्। पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध नियन्त्रण सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।