काठमाण्डौ ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशका कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।