काठमाण्डौ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान र तराईको थोरै स्थानमा मध्यम वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ ।

राति देशभर साधारणतया बदली रहने जनाएको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।