बर्दिया— बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बढीको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति करिब १ बजेको समयमा ४८ लाख रुपैयाँ बढीको विद्युतीय चुरोट (भेप) (SPACEMAN SP40000)  बरामद गरिएको सशस्त्र प्रहरीका सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार दुई वटा साइकलमा भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा भेप सशस्त्र प्रहरी बल नेपाल बीओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमलबहादुर नेपालीको कमान्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो । उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई देख्नासाथ भागेका उनको भनाइ छ । बरामद भेप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले बताए ।