काठमाडौं— काठमाडौं महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोकमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–१८ निवासी ४५ वर्षीय राजु नापितसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो। पक्राउ परेकासँग २ लाख २१ हजार १ सय ४५ रुपैयाँ नगद र १० बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।