काठमाडौं— बुढानीलकण्ठ नगरपालिका—३ स्थित चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ छन् । उनले चलाएको बागमती प्रदेश—०२—०५० प ०७८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबारराति सवा ९ बजेतिर दुर्घटना भएको थियो । अनियन्त्रित मोटरसाइकल बा२ज ४९११ नम्बरको ट्याक्सीमा समेत ठोक्किन पुगेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका केवीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । त्यहाँबाट रेफर गरी मण्डिखाटारस्थित हेम्स अस्पताल लगिएकोमा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए ।
ट्याक्सी चालक दीपक मोक्तानलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।