हुम्ला— हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटना भएको छ । बुधबार दिउँसो १ बजे जिल्लाको सदरमुकाम सिमकोट स्थित काठेचुलीमा जिप दुर्घटना भएको हो ।

लु.प्र–०१–००१ज०२८२ नम्बरको जिप ब्रेक फेल भएर सिमकोट गाउँपालिका–५ का पदम रावतको घरभित्र पसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । सिमकोटबाट सिमकोट तल्लो गाउँ तर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भएर घरमा ठोकिन पुगेको हो ।

दुर्घटनामा परेको जिप रावतको घरमा पस्दा गाडी चालक खार्पुनाथ गाउँपालिका–१ का तीलक ऐडी घाइते भएका छन् ।

घरमा ठोकिदाँ चालकको आँखा र माथिल्लो ओठमा सामान्य चोट लगोको छ । सामान्य घाइते भएका चालकको हाल जिल्ला अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको समयमा जिपमा गाडी चालक ऐडी मात्रै थिए । जिप दुर्घटनामा पर्दा रावतको घरको माथिल्लो तलाको एक कोठा भने पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घरको ढोका सहित एकतर्फको पूरै भित्ता भत्किएको प्रहरी निरीक्षक जङगबहादुर सिंहले बताए ।