काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।