काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        