ललितपुर— बँदेल समात्न थापिएको पासोमा एक व्यक्ति परेर घाइते भएपछि प्रहरीले एक स्थानीयलाई पक्राउ गरेको छ।
बागमती गाउँपालिका–३, ललितपुरका कृष्ण भोलनले मकैबारीमा बँदेल थाप्न राखेको पासोमा परेर ५० वर्षीय मानबहादुर जिम्बा घाइते भएका हुन्। भदौ १२ गते घटेको घटनापछि जिम्बाको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार भोलनलाई पक्राउ गरी म्याद थप गरिएको छ। चापागाउँ प्रहरी वृत्तले उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        