काठमाडौं— नेकपा (एमाले) का नेता ऐन महरविरुद्ध साइबर अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार महरमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार मुद्दा दर्ता गरेको हो। उनीमाथि एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ।
अब अदालतमा महरको उपस्थितिपछि उनलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा हाजिरी जमानीमा राख्ने भन्नेबारे थुनछेक बहस हुनेछ।
यसअघि, भदौ ११ गते सरकारी वकिल कार्यालयले महरलाई हाजिरी जमानीमा छाडेको थियो।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        