ललितपुर— ललितपुरमा एक युवामाथि निर्घात कुटपिट भएको छ । ललितपुरको भैँसेपाटीस्थित नख्खुडोलका २१ वर्षीय युवा आयुश गुरुङमाथि कुटपिट भएको हो ।
धादिङका आकाश तामाङ, कैलालीका रमेश सेठीसहित १०/१२ जनाको समूहमा आएका युवाहरूले आयुशमाथि निर्घात कुटपिट गरेका हुन् ।
गएको बिहीबार एक माइक्रो बस नै ‘रिजर्भ’ गरेर नख्खुडोल पुगेका उनीहरूले आयुशमाथि कुटपिट गरेको खुलेको छ । ललितपुर प्रहरीले कुटपिटमा संलग्न आकाशसहित तीनजनाविरुद्ध अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ ।
उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते आयुशको टाउकोमा गम्भीर चोट लागेको छ । उनको पाटन अस्पतालमा उपचारपछि बुधबारमात्रै घर फर्किएका छन् । आकाशसँग सामान्य विवादपछि उनले आफ्ना साथीहरू बोलाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।