गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

271 Shares
alt
  • भदौ २०, २०८२
  • गुप्तचर खबर सम्वाददाता

दमौली (तनहुँ), २० भदौ : तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो । सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उहाँले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गर्नुभएको हो । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उहाँले बताउनुभयो । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उहाँको भनाइ छ । नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट रु २० लाख आम्दानी भएको थियो । यसपटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा रु आठ लाख ५० हजार आम्दानी भइसकेको उहाँले उल्लेख गर्नुभयो । ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ । उहाँले भन्नुभयो, “यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।” आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ । दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ । यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।” ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उहाँको भनाइ छ । उहाँले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाउनुभएको छ । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ । सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ ।


  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाखभन्दा बढी सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाखभन्दा बढी सहयोग
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ: रक्षामन्त्री सिंह नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ: रक्षामन्त्री सिंह
बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता
राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ? चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?
नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली
हेलिकोप्टर उद्धारमा चाप बढेपछि वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह हेलिकोप्टर उद्धारमा चाप बढेपछि वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह
विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
बाढीपहिरोको कहर : १०० बस, ७० माइक्रो र ३०० मालवाहक सवारी सम्पर्कविहीन
जलवायु परिवर्तनको क्षति विकसित मुलुकले व्यहोर्नुपर्छ : ओली
विपद्मा दलहरू एकै ठाउँ : राहत कोषमा करोडौँ सहयोग घोषणा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाखभन्दा बढी सहयोग
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली
सुझाव लेखेको भोलिपल्टै टिमुरे सरुवा, निरौला भन्छन्- ‘जान्छु, जिम्मेवारी पूरा गर्छु’
४० पुल बगेपछि राहतमा नयाँ चुनौती, स्थानीय तहबाटै वितरण गर्ने बागमतीको तयारी
बाढीमा ज्यान गुमाएकाको पहिचान चुनौतीपूर्ण, नेपालले विदेशबाटै खोज्यो प्राविधिक सहयोग
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ: रक्षामन्त्री सिंह
बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता
कांग्रेसमा फेरि दुई धार, देउवा पक्ष छुट्टै महाधिवेशनको तयारीमा
बाढी प्रभावित क्षेत्रको उद्धार र पुनःस्थापनाबारे बालेन-रवि छलफल
राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?
नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

समाचार विभाग

  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रविधि

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.