काठमाडौं— नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध खारेज गर्न माग गर्दै अदालतमा रिट दिएका हुन् ।
उनको रिट सर्वोच्च अदालतमा दर्ताको प्रक्रियामा रहेको छ । सरकारले नेपालमा सूचीकरण नभएपछि फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल बन्द गरेको छ ।