काठमाण्डौ । सोमबार थापाथली स्थित माइतीघर मण्डलामा जेन जेड पुस्ताले सामाजिक सञ्जाल सक्रिय पार्न, पुराना नेताहरूले पुनः प्रधानमन्त्री नहुने प्रतिबद्धता जनाउन र अख्तियारमा राजनीतिक नियुक्ति रोक्न तीन बुँदे मागसहित शान्तिपूर्ण आन्दोलन गर्न लागेको छ।
आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्नो समर्थन रहेको जेन जेड सदस्यहरूलाइ तर उपस्थित नहुने जानकारी दिएका छन्।
सोमबार बिहान नौ बजेदेखि सुरु हुने यस आन्दोलनमा जेन जेड सदस्यहरू आफ्नै नेतृत्वमा आन्दोलन सञ्चालन गर्ने तयारीमा छन्।