काठमाडौं— नयाँ बानेश्वरमा जारी विरोध प्रदर्शनको समाचार संकलनका क्रममा फोटो पत्रकार पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की रबरको गोली लागेर घाइते भएका छन्।

नयाँ पत्रिकाका ढुंगाना र नेपाल प्रेसका कार्की प्रदर्शनको दृश्य कैद गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेको हो।

गोली लागेका उनीहरुको उपचारका लागि तत्काल सिभिल अस्पताल लगिएको छ।