काठमाडौं— सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । 

बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । 

अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह आदीको नाम छ । 

कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाब सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो ।