काठमाडौं— बबरमहलमा रहेको सडक विभागको भवन आगलागीले ध्वस्त भएसँगै ललितपुरको चाकुपाट सर्ने भएको छ।
प्रवक्ता प्रभातकुमार झाले आगलागीले ध्वस्त भएका कारण ललितपुर सरेर सञ्चालनमा आउने जानकारी दिए।
उनले भने, ‘क्षतिको विवरण एकीन हुँदै छ। १० दिनजति समय लाग्ला।’
उनका अनुसार सात दिनपछि मात्र चाकुपाटबाट सेवा सुरु गर्ने तयारी छ।
२०७२ को भूकम्पपछि चाकुपाटबाटै काम गरिरहेको विभाग २०८० मंसिरमा बबरमहलको रेट्रोफिटिङ (प्रबलीकरण)पछि काठमाडौंमै फर्किएको थियो।
तर १२० वर्ष पुरानो बबरमहल जेनजी प्रदर्शनका क्रममा आगजनीले ध्वस्त भएको छ। बबरमहलमा ३०० कोठा थिए। चन्द्रशमशेरका छोरा बबर शमशेरको आवास भएकाले भवन र ठाउँको नाम बबरमहल राखिएको थियो।