काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका एक पत्रप्रति अहिले व्यापक शंका उत्पन्न भएको छ। उनले उक्त पत्र नख्खु कारागार प्रशासनले दिएको दाबी गरे पनि कारागार प्रशासनले भने यस्तो कुनै पत्र प्रदान नगरेको स्पष्ट पारेको छ।
नाम नखुलाउने सर्तमा कारागारकी एक कर्मचारीले जानकारी अनुसार 'केको पत्र दिनुरु मासले आएर लिएर गयो नि।' लामिछाने कारागारबाट बाहिरिएपछि अन्य थुप्रै कैदीबन्दीहरू पनि त्यही अवसरमा भागेका थिए।
रविले सामाजिक सञ्जालमा भने आफुलाई जबर्जस्ती जेलबाट बाहिर पठाइएको दाबी गरेका छन्। उनले देखाएको पत्रको वास्तविकता पुष्टि नभएपछि, उक्त दस्तावेजको सत्यता अहिले प्रश्नको घेरामा परेको छ। प्रशासनले आफुहरूले त्यस्तो कुनै पत्र नदिएको स्पष्ट पारिसकेको छ।
भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरमा भएको घटनापछि भदौ २४ गते कारागारका अधिकांश कर्मचारीहरू बिदामा रहेको बताइएको छ। यही परिस्थितिको फाइदा उठाउँदै रवि लामिछानेसहित कैयौं बन्दीहरू जेलबाट बाहिरिएको जनाइएको छ।