काठमाडौं— मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधनको आजदेखि आवागमन सुरू भएको छ। कर्फ्यू र निषेधाज्ञा हटेसँगै हिजो फाट्टफुट्ट मात्र चलेका सवारी साधन आज बिहानदेखि बाक्लो संख्यामा देखिएका हुन्।
‘जेनजी’ले प्रदर्शन सुरू गरेको माइतीघर–बानेश्वर क्षेत्रमा पनि चहलपहल बढेको छ। चक्रपथ रूटमा महानगर यातायात लगायतले सेवा सुरू गरेका छन्। सार्वजनिक बससँगै ट्याक्सीलगायतका सवारी साधन नियमित रूपमा सञ्चालनमा आएका छन्।