काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाएको छ ।
शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।
‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कफ्र्यू तर, सुरक्षा तथा निषेधाज्ञा मिति २०८२/०५/२८ गते देखि हटाईएको छ,’ विज्ञप्तिका लेखिएको छ,‘ संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।