काठमाडौं । जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ । 

माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार भदौ २४ गते जेनजीहरुले गरेको प्रदर्शनमा २० जना माओवादी नेताको घर र पार्टी कार्यालयमा आगजनीसाथै लुटपाट भएको जनाइएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयपनि क्षतिग्रस्त छ ।

जसमध्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त भएको छ ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त पारिएको छ भने उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट भएको छ । त्यस्तै अन्य नेताहरुको घरमा लुटपाट र तोडफोड भएको थियो । 

आगजनी र लुटपाट भएका मन्त्रीहरुको सूची यसप्रकार छन् ः

१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त, 

२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।

८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट ।

९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।

१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।

१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।

२०. ⁠प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड ।