काठमाडौं— काठमाडौं महानगरपालिका–७ बौद्धमा रहेको भाटभटेनी सुपरस्टोरमा ६ वटा शव भेटिएको छ। 

पूर्णरूपमा जलेको अवस्थामा शनिबार साँझ ६ वटा मानव कङ्काल भेटिएको प्रहरी वृत्त गौशालाले जनाएको छ। शव कङ्काल अवस्थामा भेटिएकाले उनीहरूको पहिचान खुलेको छैन।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा गत मंगलबार भाटभटेनी लगायत देशका व्यापारिक क्षेत्रमा तोडफोड र आगजनी भएको थियो।