काठमाडौं— महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बडालले राजीनामा पेश गरेका हुन् ।
हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।