काठमाडौं— 'हामी नेपाल' नामक संस्थाका सञ्चालक र आफूलाई 'जेनजी समूह' को अगुवा दाबी गर्दै आएका सुदन गुरुङको आइतबार आयोजित पत्रकार सम्मेलन विवादमा परिणत भएको छ। रिपोर्टर्स क्लबमा आयोजना गरिएको कार्यक्रममा गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण सार्वजनिक गरिरहेका थिए।

कार्यक्रमको क्रममा गुरुङले सरकारप्रति कडा भाषा प्रयोग गर्दै, आफूहरूको माग पूरा नभए सरकार ढाल्ने चेतावनीसमेत दिए। यस्तै अभिव्यक्तिपछि पत्रकारहरूले प्रश्न उठाउन थालेपछि जिज्ञासाको उत्तर दिने क्रममा गुरुङ उत्तेजित हुँदै गए र केही पत्रकारप्रति धम्कीपूर्ण भाषा प्रयोग गरे।

गुरुङको व्यवहारबाट असन्तुष्ट भएका पत्रकारहरू प्रतिवादमा उत्रिएपछि कार्यक्रम तनावपूर्ण बन्न पुग्यो। दुबै पक्षबीच वादविवाद चर्किँदै जाँदा स्थिति धकेलाधकेलसम्म पुगेको थियो।