काठमाडौं— काठमाडौंको गोकर्णेश्वरमा बिहीबार (आज) बिहान एक महिलामाथि खुकुरी प्रहार गरिएको छ । गोकर्णेश्वर नगरपालिका–७, शिवचोककी सीतादेवी पन्तमाथि खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ ।
पन्तमाथि खुकुरी प्रहार गरेको आरोपमा बौद्ध प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ । स्थानीय स्वास्थ्य संस्थामा महिलाको उपचार भइरहेको छ ।
खुकुरी प्रहारबारे थप अनुसन्धान गर्न तामाङलाई जिल्ला प्रहरी परिसर भद्रकाली ल्याइएको छ । तामाङमाथि थप अनुसन्धान थालिएको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।