मोरङ— जुवा खेलिरहेका तीन जना मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकबाट प्रहरीले पक्राउ गरेको छ।
बिहीबार राति इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरिया प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले लोहन्द्रा खोला किनारको बाँसघारीमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूमध्ये एक धनपालथान गाउँपालिका–३ निवासी २७ वर्षीय सुचित कुमार सिंह रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले ४८ हजार ६१५ रुपैयाँ नगद र १४ थान कौडा बरामद गरेको छ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।






































