काठमाण्डौ । सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको फाइल एकै साथ पेश गर्न आदेश दिएको छ ।

बिगोबमोजिमको रकम बुझाएर बाहिरै बसेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै लामिछाने र जोशीले दायर गरेको रिटमा अदालतले दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको हो ।यसअघि जिल्ला अदालतले लामिछाने र जोशी दुवैले समान रकमको जमानत पेस गरे पनि उनीहरूको व्यक्तिगत हिस्सामा कति बिगो पर्ने भन्ने स्पष्ट नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो ।

जिल्लाको आदेशपछि उनीहरू उच्च अदालत पुगेका हुन् । जेनजी आन्दोलनपछि पनि लामिछाने र जोशीको फाइल भने सुरक्षित छन् ।