मेष: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता मिल्नेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ।
वृष: मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
मिथुन: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। भाग्यशक्ति कमजोर हुनाले चिताएको काममा सोचे जस्तो सफलता नमिल्ला।
कर्कट: विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ। आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। पुनर्मिलनको योग छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ।
सिंह: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। अध्ययन-अध्यापन सफल रहनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। व्यापार व्यवसायबाट राम्रो सफलता मिल्ला। व्यवसायका लागि यात्राको सम्भावना छ।
कन्या: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
तुला: गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। अरूले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ। आफन्तको साथ र सहयोग पाइनेछ।
वृश्चिक: नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
धनु: धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
मकर: मङ्गल कार्यको योजना बन्ने योग छ। सजिलै अरूको मन जित्न सकिएला। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुनेछ।
कुम्भ: झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। शरीरमा कमजोरी अनुभूति हुनेछ। कसैले झुटो आश्वासन दिन सक्छन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। साँझमा प्रियजनको साथ मिल्नेछ।
मीन: महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। माया-प्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक आस्था बढेर जानेछ।