एजेन्शी । स्थानीय सञ्चार माध्यमका अनुसार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा स्किड भएर एउटा कार्गो विमान समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।
एमिरेट्सको उडान नम्बर ईके९७८८ (एरोट्रान्सकार्गो) दुबईबाट स्थानीय समयअनुसार बिहान करिब ०३:५० बजे अवतरण गर्ने क्रममा उत्तरी धावनमार्गमा एउटा गाडीमा ठोक्किएर दुर्घटना भएको थियो।
नागरिक उड्डयन विभागका अनुसार दुर्घटनापछि विमानस्थलको जमिनमा कार्यरत दुई जना कर्मचारी समुद्रमा खसेका थिए। उनीहरूको उद्धार गरिए पनि पछि अस्पतालमा मृत्यु भएको छ। विमानमा सवार चार जना चालक दलका सदस्य भने सकुशल उद्धारपछि उपचारका लागि अस्पताल लगिएका छन्।