काठमाण्डौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका केहि स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।

राति देशभर मौसम मुख्यतया सफा रहने छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना  रहेको छ।