काठमाण्डौ  ।  काठमाडौंको पाशुपत क्षेत्रमा नेपाल संवत् ११४६ का अवसरमा भिन्तुना -याली मनाइएको छ ।

नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । काठमाडौं महानगरपालिका वडा ७र८ का विभिन्न संघसंस्थाहरूले आफ्नो अपनत्व ग्रहण गर्दै यस -यालीलाई अगाडि बढाउने गरेका छन् ।  

काभ्रेको पनौतीमा पनि नेपाल सम्वत् ११४६ अर्थात लसताय् भिंतुना विविध कार्यक्रम गरी मनाइएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका हुन् ।